कविता : ऊ बौलाएको छ

~शङ्कर भण्डारी~

उसले गाली गर्‍यो
म चुप बसें
उसले हात उठायो
तैपनि
म चुप लागें।

तर्सायो/धम्कायो
अहँ, म केही बोलिनँ
बाटो छेक्यो
म हिंडिरहें
जाल बुन्यो/खाल्डो खन्यो
के–के गर्‍यो के–के
म हाँसिरहें।

सुन्छु आजभोलि ऊ
बौलाएको छ रे
सायद मेरो मुस्कानले
घाइते बन्यो कि?

(स्रोत : मजदुर दैनिक)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.