~शशीकला थापा सुब्बा~
पहरामा रोपेको मन, सिरूसंगै काटीएछ
दोभानमा बगाई दिए, किनारा पो साटीएछ
पछयौरी यो लत्रिएर, भुइँ तुसारो छुन खोज्छ
हागां माथि अल्झिएर, रहर गुरासं हुन खोज्छ
न त आकाश न त धर्ति आफैलाई ढाँटीएछ
पहरामा रोपेको मन सिरूसंगै काटीएछ
सुन्य सित मौनताको, दोहोरीनै चलेजस्तो
धर्ती भरि पोखिएर, शीतपनी जले जस्तो
जून छुने आशा बोकी बादलसंगै फाटीएछ
पहरामा रोपेको मन सिरूसंगै काटीएछ
हाल : लण्डन
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)