कविता : चल पूँजी

~जानकी सुनार~

हाम्रा ज्यान
हाम्रा पहिचान
हजुरहरुका चल पूँजी हुन्
हजुरका संचित कोषहरुमा जम्मा गर्न सक्नुहुन्छ
अहिलेका बजारका प्रचलित शब्द
समानता र समावेशीका नारा खरिद गर्न सक्नुहुन्छ
र सक्नुहुन्छ चोक चोकमा मर्ूर्तिहरु खडा गर्न

तपाईंका विवेकपर्ूण्ा मगजहरुले
तपाईंका छरिता र फर्ूर्तिला औंलाहरुले
खन्खनाहट गन्न सक्नुहुन्छ
चल्तीका स्थानहरु, पद र प्रतिष्ठाहरु
क्रय या विक्रय गर्न सक्नुहुन्छ

चल पूँजी याने कि मुद्रा
तपाईंको खटनपटनको स्थानमा
चुपचाप खटिन्छ र
तपाईंका लागि सेवा र सुविधाहरु
उपलब्ध गराउँछ
मैले भनिसकें
तपाईंका लागि यो बढी भयो भने
लकरभित्र बन्द गर्न सक्नुहुन्छ
या यसको क्रयविक्रयको सामर्थ्य मन्द गर्न सक्नुहुुन्छ

मैले बढी भनेको छैन
दलित चल पूँजी भन्दा बढी
मान्छे कहिले ठानियो र ?

-घोराही,दाङ

(स्रोत : समरेखा द्वैमासिक)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.