लघुकथा : महात्मा जी

~मनोज कफ्ले ‘मनसुन’~Manoj Kafle 'Monsoon'

जवानीको बेलामा म पहाड पारीको शान्त वनमा एक सन्तलाई भेट्न गएको थिएँ । हामी सदगुणहरुको स्वरूपको विषयमा कुराकानी गरिरहेका थियौँ । यत्तिकैमा एक जना डांकू लड़खड़ाउँदै त्यहाँ आइपुग्यो । कुटीमा पुग्ने बित्तिकै उसले घुँडा टेकेर भन्यो,
महाराज, ‘म निकै ठूलो पापी हुँ ।’

सन्तले जवाफ दिए, ‘म पनि त निकै ठूलो पापी हुँ ।’

डाकुले भन्यो, ‘म चोर र लुटेरा हुँ ।’

सन्तले भन्यो, ‘म पनि चोर र लुटेरा हुँ ।’

डाकुले भन्यो, ‘मैले धेरै जनाको हत्या गरेको छु, उनीहरुको चित्कार, पुकार मेरो कानमा गुन्जिरहन्छ ।’

सन्तले पनि जवाफ दियो, ‘म पनि एक हत्यारा हुँ, जसलाई मैले मारेको छु, उनीहरुको चित्कार, पुकार मेरो कानमा पनि गुन्जन्छ ।’

फेरि डाकुले भन्यो, ‘मैले असंख्य अपराध गरेको छु ।’

सन्तले उत्तर दियो, ‘मैले पनि अनगिन्ती अपराध गरेको छु ।’

डाकु उभियो र एक टक लगाएर सन्ततिर हेर्न थाल्यो । उसको आँखामा विचित्र भाव थियो । फर्कने बेला ऊ उफ्रँदै, कुद्‍दै डाँडाबाट तल झरिरहेको थियो ।

मैले सन्तलाई सोधेँ, ‘तपाईँले किन झुठो कुरा गरेर आफूलाई अपराधी भनेको ? तपाईँले देख्‍नु भएनफर्कँदा उसको आस्था तपाईँ प्रति थिएन’

सन्तले जवाफ दियो, ‘ठीकै त छ नि अब उसको आस्था ममा थिएन तर ऊ यहाँबाट निकै निश्चिन्त भएर गएको छ ।’ यत्तिकैमा टाढाबाट डाकले गीत गाउँदै गरेको आवाज हाम्रो कानमा ठोक्कियो । उसको गीतको गुन्जनले वरपरको पूरै वातावरणलाई खुशीले भरिदियो ।

मनोज काफ्ले मनसुन
कुवेत (०९-१०-२०१०)

(स्रोत : Kuwaitnepal.com)

This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.