कविता : स्वतन्त्रताको खोजी

~खेम राई~Khem Rai

जिन्दगीका सुन्दर पलहरु
तिम्रै पर्खाइमा वितिरहेछ
तिम्रो आगमनको प्रतिक्षा कुरेर
आज जिन्दगी त्यसै रोइरहेछ ।

तिमी भनेको यथार्थ हौ
आजको वास्तविकता
र आवश्यकता हौ
अनि जीवनका सबै-सबै ।
रैपनि तिमीलाई पाउन
तड्पिनु परेकोछ
मनमनै विद्रोह
गर्नु परेकोछ
बैसालु वर्तमान
जीवनको उत्कर्षसँगै
त्यसै ओइलिरहेछ
न जीवन जिइएकोछ
न त मरिएकोछ
दोसाँधमा छ जीवन
न वार, न पार
त्यसै-त्यसै बगिरहेछ ।

तिमी विनाको जिन्दगी
रंगहीन हुँदोरहेछ
न सुगन्ध छ, न रस नै
छ त केवल
नौ डाँडापारि लागेको
वादल झैं
फिक्का फिक्का
स्वादहीन ।

त्यसैले आज म
अन्तिम लडाई लडिरहेछु
तिम्रो प्राप्तिका निम्ति
तिम्रो स्वागतसँगै
स्वतन्त्र जीवन जिउन
सार्वभौम जीवन बाँच्न
कुरिरहनेछु तिमीलाई ।

-पूर्व सम्पादक,
इशारा साहित्यिक मासिक पत्रिका, इलाम ।

(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.