~श्यामकुमार बुढा~
तपाइ भन्नु हुन्छ, दिल खोलेर हाँस
तर, हाम्रो त घर जलेर खरानी भएको छ
यो शोकाकुल घडीमा
म कसरी दिल खोलेर हाँस्न सक्छु ?
तपाई भन्नुहुन्छ, आउ रमाइलो गरौं
तर, हाम्रो त सपनाको दर्दनाक हत्या भएको छ
यो भावविल्ह्वल घडीमा
म कसरी तपाइसंग रमाइलो गर्न सक्छु ?
तपाइ भन्नुहुन्छ, मुस्कुराएर मुख खोल
तर, हाम्रो त आकाँक्षा ज्यँुदै पुरिएको छ
यो मनभरि वेदना वौछारिएको घडीमा
म कसरी मुस्कुराउँदै मुख खोल्न सक्छु ?
तपाइ भन्नुहुन्छ, आउ सुमधुर गीत गाउ
तर, हाम्रो त घरकै इज्जत लुटिएको छ
यो तनावपूर्ण घडीमा
म कसरी सुमधुर गीत गाउन सक्छु ?
तपाइ भन्नुहुनछ, हाँसेर वोल
तर, हाम्रो त घरकै मुटु फुटेकोछ
यो कोलाहल आतंकको घडीमा
म कसरी हाँसेर वोल्न सक्छु ?
तपाइ भन्नुहुन्छ, आउ संगै खेलौं
तर, हाम्रो त घरकै पाशविक ल्वत्कार भएको छ
यो त्रासद अकर्मण्य घडीमा
म कसरी तपाइसंग खेल्न सक्छु ?
तपाइ भन्नुहुन्छ, आउ हामीसंग उफ्रिँदै नाच
तर, हाम्रो त घरको चीर हरण भएको छ
यो दुखद संकटको घडीमा
म कसरि तपाइसंग उफ्रिँदै नाच्न सक्छु ?
तपाइ भन्नुहुन्छ, भो गाली नगर
तर, हाम्रो त चाहनाहरु नै ज्यँुदै गाडीएको छ
यो आक्रोशपूर्ण घडीमा
म कसरी मुख थुनी वस्न सक्छु ?
तपाइ भन्नुहुन्छ, यता हेर्दै नहेर
तर, हाम्रो त घर घेरेर आगो लगाइँदैछ
यो भयाक्रान्त क्षणमा
म आँखा चिम्लेर कसरी आत्महत्या गर्न सक्छु ?
तपाइ भन्नुहुन्छ, त्यसलाइ खुव माँया गर
तर, त्यसले त हाम्रो मुटुकलेजो लुछिलुछि खाइरहेछ
यो डरलाग्दो व्वाँसोलाइ
म कसरी माँया गरि पाल्नसक्छु ?
तपाइ भन्नुहुन्छ, आउ यता आउ
तर, हाम्रो त घरकै मुखिया सकासक छ
यो घरसंवेदना मडारिएको घडी
म कसरी त्यता आउन सक्छु ?
(स्रोत : क्षेप्यास्त्र राष्ट्रिय साप्ताहिक )