~रुमन न्यौपाने ‘अमन्त’~
जब,
सम्बधहरु उत्कर्षकमा उम्लन्छन् ।
भाबनाहरु गहिराई सम्म छुन्छन् ।
त्यती बेला,
जमिनमा फीँजारीएका
आकाशभरी समेटिएका
एक अम्मल खुसिहरु
समुन्द्र भरि तैरीएर
चेतनाशुन्य भई समेटीन्छन् ।
आहा !
तिमीले गर्ने प्रेम यही हो ।
अब त भ्रमहरुको बिसाल तबलामा
दिनहुँ हत्केलाहरु ठटाईन्छन् ।
धेरै जसो,
छद्म पात्रहरु उभ्याईन्छ ।
कतिपय मै जस्ता छन् ।
कतिपय तिमी जस्ता
तर,
मेरै आकृती भुलेर तिमीले
धेरै जसो,
गलत आकार नै कुँद्छौ ।
अहो !
यो त प्रेमको कल्पना मात्र हो ।
आज तिमीलाई पानामै उतारें ।
तिम्रो साजसज्जाले भरिएको
कानको लोति—कपालको श्रृंगार
छातिको बयानलाइ,
एक धर्कामा कोरीदिए ।
त्यति बेला तिमी नाचेकी थियौ ।
कुम हल्लाएर,
कुन तरगंमा ?
कुन चेतनामा ?
मलाई संझना छ ।
तिमीले फाल हाल्दै
मेरा ओठहरु टोकेको ।
आहा !
यो त, प्रेमको कथा थियो ।
आउ आज त्यही कथा—बुँदहरु टिपेर
फेरी एउटा कल्पना गरौं ।
तिमीले प्रेम गरेको ।
मैले प्रेम जानेको ।
तिम्रो हत्केलामा,
मेरो ह्ृदयको ततो महशुस गरी हेर ।
संगै मझेरीमा छरिएका
प्रेम—शब्दहरु संगेलेर
तिमीले भरेकी थियौ
मटान/दलिन/चोटा र आँगनहरु
अझै तिम्रो अत्तरको सुगन्धमा
लटपटीको साँझ
मलाई डाक्ने गर्छ ।
हिड,
पहिलो प्रेम कतै अलमलीएको छ ।
(स्रोत : रचनाकारको ब्लगबाट सभार)