~शर्मिला श्रेष्ठ~
भो पुग्यो जस्तो छ टाढा जाॅदैछु
बल्ल बुझी दुनियाॅ , ठक्कर खाॅदैछु ।
बर्षौ संघर्षको केही उपलब्धि छैन फल
अझै आफ्नो योग्यता,काटामा नाप्दैछु ।
शोषण अत्याचार सहनै मात्र पर्ने होकी
बल्ल होश खुल्दैछ,न्यायालय झाक्दैछु ।
कती निरीह बेबस रहेछ दुःखी जिन्दगी
आफ्नो दुर्गती देखेर,आफैनै हाॅस्दैछु ।
शत्रु बैरी चारैतिर आक्रमणको पनि डर
बोलिको गोली सुन्दा,कानथुनी भाग्दैछु ।
उर्लिएर आउॅछन् मनका बेग मुटुइ देखी
सुनाउनुत कतीपो छन्,यतिनै पोख्दैछु ।
(स्रोत : क्षेप्यास्त्र राष्ट्रिय साप्ताहिक )