~रश्मिला कवाङ~
एक दिन थियो जून आफ्नै थियो
आफ्नै समय, आफ्नै महत्व
बधाई तथा शुभकामनाका पुष्पहरु
लाग्छ आफू हुनुको गर्व लागिरहेछ
थियो सधैजस्तै साधारण नै
नित्यकर्म उही, मान्छे उही, स्वभाव उही
फरक छ त मात्र अनेक रुपरंगहरु
बिशेष समयको महत्व
जीवनका अनेकन् क्षण अनि पलहरु
शुरुवातमा सायद रमाइलै लाग्दो हो,
बालापनको निस्वार्थता, कमलोपन
कालान्तरसँगै बस् अन्तर मात्र भिन्न
हरेक बर्षहरुको एकएक मूल्यांकन गर्दै
जीउनुको सार्थकथा झल्काउँदाका क्षणहरु
“आफू” हुनुको महत्व दर्शाउँदाका पलहरु
पक्कै पनि लाग्छ, जिउन पनि नपुगेजस्तो
आफ्नो अस्तित्वको दीर्घकालीनता सम्झेर
दिक्दार पनि लाग्दो हो, सुन्दर जीवन छोटो भएकोमा
र पनि त मुस्कान ल्याउनैपर्छ
खुशीका पलहरु संगाल्नैपर्छ
यस सुन्दर संसारमा जिवित भएको भान
महशुश गर्नैपर्छ फुरुंग मनले
अनि सुन्दर जीवनको उचाई थप्नैपर्छ ‘।
मुलढोका-४, भक्तपुर
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )