गजल : छातीभरी देश दुख्छ

~सागर सिलवाल~

कपटी र पापी धेरै हुदा छातीभरी देश दुख्छ ।
नेता अन्तर्घाती भैदिदा छातीभरी देश दुख्छ ।

देशले माया गर्ने निस्वार्थी खोजेको छ आज
भीमसेन थापा नहुदा छातीभरी देश दुख्छ ।

बागडोर हातमा हुनेलाई आफ्नो मात्र चिन्ता
बिदेशिका गुलामी सुन्दा छातीभरी देश दुख्छ ।

जननी र जन्मभूमि स्वर्ग भन्दा प्यारो हो
बुझ्नु पर्नेले नबुझ्दा छातीभरी देश दुख्छ ।

भाईभाई फुटे गबार लुटे हुन सक्छ याद गर
सबै नेपाली नमिल्दा छातीभरी देश दुख्छ ।

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.