~कृष्ण पौड्याल~
शुर अन्तै म सँग माया बसाउनु पर्दैन।
रुवाउने नै हो एक दिन हसाउनु पर्दैन॥
तिम्रो जिवन सफल होस रमाएर बस्नु।
नाम लाई मेरो आफुमा गसाउनु पर्दैन॥
बाध्यतामा परें भने सहिदिन्छु सबै दु:ख।
आफ्नै हातले आङ्गमा छुरा धसाउनु पर्दैन॥
घाँडो भयो भन बरु छाडी दिन्छु तिम्रो शहर।
डाएन सईतान लगाई डसाउनु पर्दैन॥
जे जसरी भए पनी जिउने प्रयास गरेकै छु।
मृत्यु सामु मलाई तिम्ले कसाउनु पर्दैन॥
कृष्ण पौड्याल
बम्घा एक गुल्मी
(स्रोत : रचनाकारको ब्लगबाट सभार)