~निरज भट्टराई ‘मनोरोगी’ ~
चार किल्ला सिमाना हाम्रो कोशी ,कर्णाली ,गण्डकी र महाकाली
हेर्दैछु छेकेर नेपाल ,सीन्चित गर्दै बाधेर सीमा नेपाल
दुस्मनका परमाणु तेर्स्याएर राखे तातो छाल हुन्कार्दै छन् सिमाना
दुब्दैन अब नेपाली भूमि कसैले बाधेर ,जम्दैछन सपुत
स्वदेशलाई बचाउन गर्दैनन् गिरेर सम्झौता , बाचेर के मरेर स्वदेश नभनी
उठाए औला अब हामी माथि ,भन्दैनौ छिमेकी
रातो रगत हाम्रो नगर बेइमानी झुक्दैन शान नेपाली
सपुत भई बाचेर के , नगरे रक्षा मेची काली
तराई हाम्रो ,पहाड राम्रो ,हिमाल फुलेर
झुकाई सिर हे नारी नेपाली बाचेनन कहिल्यै
होस् कालापानी अङ्ग्रेज सबै, मरेनन नधपाई
नाङ्गो छाती पारेर सधैँ ,दुस्मनको समिप
रगत सबै सिंचित गर्यो नेपाल आमालाई
न भेद केही तराई पहाड र हिमालमा
ईश्वर को बर नेपालको भर छोड्दैनौ पराईलाई
फैलाई हात निहुराइ सिर पर्दैन शरणमा
स्वदेसी माटो नेपाली रगत बगेर मनमा
फुट्दैछ मूल नेपाली धुन बनेर सबैमा
नेपाल देश भिन्न भिन्न भेष
एउतै मनको जय देश जय नेपाल
अनुभूति मेरो
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )