गजल : प्रेम झुटो भनि

~आचार्य प्रभा~acharya Prabha

भन्नेहरु भन्दै गरुन प्रेम झुटो भनि
सोंच्नेहरु सोँच्दै गरुन माया खोटो भनि …………../

देखाउँन सकौँ हामी प्रेम अमर छ भनि
बताउँन सकौं हामी माया अजर छ भनि ……………./

बन्न सकौँ मायाँमा अमर जोडी हामी
लेखौँ हामी पिरतीको अमर काहानी ……………../

फेर्न सकौं कलंकको अमिट प्रेम कथालाई
साट्न सकौँ दुई मुटुको पिर ब्यथालाई …………../

(रचना समय २ /१२ /१० साँझ ५ :१५ )
(अमेरिका)

(स्रोत : कविता कुसुम)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.