कविता : चेलि

~ध्रुब कुमार थापा~Dhruba Kumar Thapa

रातो चुरा रातो सारी रातै टीका लाएर
नाच गाउ दिदी बहिनी धोको फेरेर
बर्ष दिन सम्म तिम्रो पिन्जडाको बास भो
पीडा,दर्द,खुसी सबै आज भुल्ने दिन हो ।

लोग्ने अनि घरको कुरा जे जस्तो नि गीतमा
साथी सङि मनको कुरा खोल्ने छन नि तिजमा
परम्परा हाम्रो निम्ती जगेर्ना नि हुने छ
प्रगतीका पथ हिड नया नेपाल बन्ने छ ।

हर्षले मन मातिएछ उताउलो पन देखेनि
सारा दु:ख भुलेरनै मस्का मस्की देखेनि
तछाड मछाड गरेरनै को राम्रो हो भन्दैछन
हाउ भाउ गीत सङ आफ्नो ध्यान तान्दैछन ।

बिचरी ति बुढी आमा बिगतका दिन सम्झन्छिन
दोन्दकालको परिणाम मा आफ्नो पति घुमाउछिन
खुसी छैन उनको मन सबै लाग्छन नाच्नलाइ
राजनीतिले एक्लो पार्‍यो निर्दोश चेलीबेटिलाइ ।

जात्र जाने बाहानामा गर गहना देखाउछन
धनी गरीब बिचको खाडल झन ठुलो बनाउछन
यस्तो नहोस नया युगको सङ्घारको तिजमा
समान रुपले नाच चेलि कम्बर भाची तिजमा ।

माइती घरको इज्जत राख आफ्नो घर छदैछ
घर असल बन्यो भने देस असल बन्दछ
कुरितिका बिचारहरु फ्याकिदेउ धोएर
आफ्नो हक अधिकार लेउ चेलि लडेर ।

शोषण दमन अत्याचारको खिल्लि उडाउ जुटेर
अनि नाच तिज जस्तै छम छमि हासेर
तिमी हासे सन्सार हास्छ किन तिमी रुने हो
एक्को छैनौ तिमी चेलि माइती साथमा लाग्ने हो ।

ध्रुब कुमार थापा
सगाचोक-७ सिन्धुपाल्चोक
हाल कबुल अफगानिस्थान

August 22nd, 2009

(स्रोत : Mysansar.com)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.