~बसन्त थापा~
बर्ष दिनमा आउने तीज आयो रम झम
आउन दीदी आउन बहिनी नाचौ छम छम
ब्रिसिएर दुःख पीर ब्रिसिएर गम
आफ्नै पन सम्झिएर नाचौ छम छम
जे सकिन्छ त्यही खाऊ जे छ त्येही लाऊ
हुने, नहुनेको भेद्भाब आजै देखि हटाऊ
सप्तरंगी चुरा पोते सप्तरंगी साडी
कति राम्रो सुहाएको भन्छन साथी संगी
स्वरमाँ स्वर मिलाएर दिल साटन
तालमा ताल मिलाएर कम्मर भाचन
नाच्दै गाउदै साथी संगी दर खाउला
बाचिरहे अर्को साल फेरी भेटुला
बर्ष दिनमा आउने तीज आयो रम झम
आउन दीदी आउन बहिनी नाचौ छम छम
बसन्त थापा
Maryland, USA
August 22nd, 2009
(स्रोत : Mysansar.com)