~मणी पुमा~
देखासिकी देखावटी सबै हुन् ई चाडको नाउमा
कहिँ नभाको जात्रा यै हाडी गाउमा
जब देख्दछु यी सब बकबास कर्म कर्कशा
ततिन्छ रनक्क चड्छ उकालो मेरो पारो
मनमा कालो पोती तनमा रातै सिंगारी
के फल्नेहो खै तात्तो न छारो
महिला नाच्छन,गाउछां रम्छन खान्छन
डकार्छन समानता र अधिकार माग्छन
पुरुष खाडीमुलुक बिरानो देशमा एक एक पैसा
कसरि जम्मागरी उनैलाई पठाउने तिर लाग्छन
तिम्ले ब्रत बस्यौ क्यारे मेरो शुभाशिर्बाद गर्दै
तर मेरो रित्तो पेट रित्तो गोजीको भोक त गएन नि
कोइ मरी मरी,कोइ परी परी यो त बालै भएन नि !!!!
मणी पुमा,
निगालबाशे
August 22nd, 2009
(स्रोत : Mysansar.com)