कविता : तीजको रमझम

~चम्पा देबी खड्का~

तीजको रमझममा निलो सारीमा एक महिला देखे
उनैलाई आकर्शनमा राखेर यो कबिता लेखे

सबैले रातो सारी पोते हातभरी रातै छ चुरा
उनको निलो सारी सबै खाली मनमा रोपिन छुरा

सबैको निधारमा रातो टिका ओठमा रातो लाली
बिचरीको सिङार पटार केही छैन सबै खाली

सबै छम छम नाच्दा के के कुरा सोचदिहुन
गीत गाउन जाने त मनको दुख्ख पोख्दिहुन

अहिले त सबै फुकुवा बनाएको छ कानुनले पनि
किन रातो नलगाएको होलिन एकल नै छु ठानी

टाढाबाट देख्ननेले भन्दा हुन एकल महिला रहिछन
बिचरी बैसैमा दैब संजोक बिधुवा भैछन्

तीजमा नाच्ने दिदी बहिनी यही माझमा हेरन
न्याय कानुन हक अधिकारको लागि अघी बढन

मैले फोटोमा यही देखे यही कबिता लेखे
हेर्नेको नजर मा अरुले के के देखे मैले त उनैलाई देखे

एकल महिला हकको लागि सबैले गरम सामना
२०६६ सालको तीजको सबैलाई यही नै शुभ-कामना ।

चम्पा देबी खड्का
बागलुङ नगर पालिका – २
हाल अमेरिका
August 22nd, 2009

(स्रोत : Mysansar.com)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.