~अनुराधा पौडेल~
बर्ष र दिनकै ठूलो चाड तिजैमा
नाचेर आउँछु नि बरिलै
नाचेर आउँछु
साथी र सँगी भेला है पारी
धोको फेरि गाउँछु
धोको फेरि गाउँछु नि बरिलै
धोकै फेरि गाउँछु
माइती देश बादलुले ढाक्यो
बेशी धान हरियो नि बरिलै
बेसी धान हरियो
शिरका स्वामी नौ डाँडा पारी
एकलै भइयो नि बरिलै
एकलै भइयो
पानीको दुख काठमान्डुको शहर
पशुपति बिचैमा नि बरीलै
पशुपति बिचैमा
यो तिज सम्म आउँछु भन्थ्यौ स्वामी
तिमीले पत्रैमा नि बरिलै
तिमीले पत्रैमा
फर्केर आउ हे मेरा राजन
एक्लो हुँदा गार्हो भो नि बरीलै
एक्लो हुँदा गाह्रो भो
छोरा र छोरीले बाबा भन्दा खेरी
भित्री मन सारै भो नि बरीलै
भित्री मन सारै भो
August 22nd, 2009
(स्रोत : Mysansar.com)