कविता : अात्महत्या

~सुरज काफ्ले~ Suraj Kafle

दौडिए सफा आकाशमा,
पोका–पोका सेता बादलहरु,
जित्नु छ दौड जस्तै गरी,
हतार हतार गन्तव्य पकड्न ।
स्याँ स्याँ बादलहरु,
सितल ताप्न, आराम गर्न,
आकाशमा चौतारी,
निलो रंगको ।

धरतीको ऐनाले जन्माएको,
कमल फक्रेपछि,
पहाडलाई सास भर्दै फाँटमा सूर्य लागेपछि,
माटोले सुगन्ध फैलाउन थालेपछि,
हिजोको कालो बादल,
सेतो छ आज,
धर्ति झर्नेछ ।
चुम्न फक्रेको कमललाई,
स्पर्श गर्न सूर्यको सासलाई,
अब,
सितलता दिन सुगन्धित माटोलाई ।

तरिन्थे आँखा कालो बादललाई,
अघिपछि उसलाई काटिने कुराहरु,
घोचिने शब्दहरु
हराए त्यसै कता कता ।
आज ऊ सेतो छ,
कत्ति रोचक,
आहा ! सेतो बादल,
अघि आकाशमा दौडदा दौडदै,
अहिले आएको छ धर्तिमा स्पर्श छर्न
सारालाई मोहित पार्न ।
खुसी सबै ऊदेखि ।
बदल्न सकेको छ घृणा गर्नेहरुको
विचार, जीवन अनि शैली,
तर,
तिम्रो सन्दर्भमा ।
छौ रे पीडामा,
गर्दैछौ रे आत्महत्या,
आजको दिनमा ।

(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.