कविता : निषेध (छेकाबार)

~कोइँचबु काःतिच ‘उत्तम’~Koynichbu Katich 'Uttam'

म कलाकार होइन

म लेखक होइन

म पत्रकार होइन

न त म चित्रकार

न म अधिकारकर्मी हुँ

न त समाजसेवी

न काम नलाग्ने डुलुवा ।

तर, म

कलाकारहरुको सल्लाहकार !

लेखकहरुको समालोचक !

पत्रकारहरुको सहकर्मी !

चित्रकारहरुको सहयात्री !

अकिकारकर्मीहरुको टेको !

समाजसेवीहरुको कार्यकर्ता !

घरको लागि काम नलाग्ने डुकुलट्ठक भाँड !

उफ !

मेरो पहिचानमा धर्मसंकट !

रिङ-ने दा !

मेरो पहिचान ढाकेर पलाएका ऐजेरुहरु –

खराने !

उदीम !

माने !

रिट्ठे (तिसुप रिस्से) !

उत्तम !

सेके !

सुनुवार भाई !

कोइँचबु काःतिच !

काले बन्ठा !

डुकुलटठाक भाँड !

अखिरी म के हुँ ?

सोच्छु को हुँ ?

गम्छु कहाँको हुँ पटक-पटक

र, सच्याउन सुझाउँ भन्छु –

“ए हजुर ! मेरो पहिचानमा

पहिरो गएको छ

भल बढी आएको छ

ठूलो अँधीवेहरी चलेको छ

म जे होइन त्यही बनाइएको छु

म जे हुँ, जे छु, जहाँ छु

मलाई राम्ररी था’छ

मेरो खुबी

मेरो हैसियत

मेरो रङ्गरोगन

मेरो चालचलन

मेरो जीवनशैली

मेरो खानपान लवाइखवाई

मेरो पुखाको कथा व्यथा

मेरो पुखाको थाँतथलो …

मैले मेरो बारेमा केही बोलेकै छैन

मैले मेरो बारेमा कसैलाई भनेकै छैन

मैले मेरो बारेमा अरुलाई सुनाउन पाएकै छैन”

खोइ, मलाई बोल्ने, भन्ने, सुनाउने मौका दिएको ?
—————-
–काःत, चुप्लु (ओखलढुङ्गा)

(स्रोत : http://www.sunuwar.org/ )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.