लघुकथा : लेखस्व

~रुमन न्यौपाने ‘अमन्त’~Ruman Neupane Amant

‘भिरबाट लड्ने गोरुलाई राम राम भन्न सक्छु, मिस । ल आउनुहोस मलाई अँगालो हाल्नुहोस’ । उनले मलाई च्याप्प समातिन र जथाभाबी प्रेम बर्षाउन थालिन ।

कुरा के भयो भने, केहि घन्टा अघि उनलाई भैंसेपाटिको एक खरिबोट मुनि दर्केपानिमा भेटाएको थियँ। मैले नाम सोध्दा स्मृति बताईन । दर्केपानिमा उनको महँगो जालिदार गाउन भिजेर भित्रका सबै देख्न नहुने कुरा देखीएका थिय । मैले मेरो पानि-ज्याकेट उनलाई भिराएँ । मैले बोकेको आफ्नो ब्याग उनलाई पानि-ज्याकेट भित्र भीर्न भने, किनकि ब्याग भीत्र ल्यापटप, मोबाईल फोन , केहि थान कबिता र एउटा किताब थियो , टोनि मोरिसनको लभ । उनले आँखा झिम झिम गर्दा तर्केको पानि नाकको टुप्पो , ओठ र चिँउडो हुँदै डल्लो परेर उनको रातो हिलदार बुटमा झर्दै थियो ।

मैले मेरो मोटरबाईक स्टार्ट गरे। उनि थपक्क म पछाडि बसिन । उनले मेरो परिचय अघिनै पाई सकेकि थिईन । मैले आफु भुमिगत लेखक हुँ भनिसकेको थिय । उनले मेरो केहि दर्जन कबिता र केहि थान कथा हरु पढेकि थिईन रे, ई-संसारमा । मैले थ्रोटल दबाँए। बाईक बेतोडले वरिपरिका पानि भिजुवाहरुलाई अझै भिजाउँदै दौडिन थाल्यो। मलाई थाहा थियो मेरो पछाडि हिलदार र जालिदार गाउन भीरेकि केटि थिइ ।

केहि छिन पछि हामी राजदरबारको पछिल्लतिर आइपुग्यौं । मैले बाईक किराना पसल अगाडि थन्को लगाएँ । नि-शुल्क एक छिन बाईक हेरिदिने सर्तमा । म पुरै भिजेको थिय । सबै ठाँउमा । उनले एउटा घर भित्र लगिन, मैले नाई भनिन । बिनाकारण म उरु सित नाई नास्ति गर्दिन ।

‘लुगा फेर्नुस, म तातो ल्याउँछु’ । उनि मेरो पानि ज्याकेटलाई भुँइमा पछारेर कोठाबाट बेपत्ता भइन।

बल्ल कुरा मेरो दिमागको चोर बाटो हुँदै सुलुत्त छिर्यो। यो त मिस स्मृतिको घर रै’छ ।

निमेश भरमै उनि चिया लिएर भित्र छिरिन । मलाई बिनाकुनै पुर्ब सुचना गम्ल्याङ् अँगालो हालिन । मैले उनको दश नङ्ग्रा पन्छाउन खोँजे मेरो नाङ्गो ढाडबाट । उनले अझै कसिन ।

हो कुरा यस्तो थियो ।

अनि मैले भनेको थियँ ‘भिरबाट लड्ने गोरुलाई राम राम भन्न सक्छु, मिस । ल आउनुहोस मलाई अँगालो हाल्नुहोस ।’

एकछिन लडाँइ चल्यो । बेतोड सँग बतास कुदे जस्तो। दिमाग खालि भयो । अब त गोरु पनि रहेन , भिर पनि रहेन ।

मैले हतपत भुँइमा छरिएको पानि ज्याकेट सँगेलेँ र कोठा बाट निस्किएँ । उनि ह्वाँ फ्वाँ गर्दै थिइन खाटको पल्लो भित्ता तिर फर्केर ।

र भनिन ‘अर्को पटक फेरि आउनुहोला लेखस्व लिन’ ।

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.