~मोनिका नगरकोटी~
म बिक्दै छु यहाँ
हो , म बिक्दै छु ।
मलाइ बचाउ , म बिक्दै छु ।
मलाई लैजाउ उतै मेरो देसमा ,
अरबमा म पाक्दै छु ,
म त सीता कि छोरी ।
भुकुटी नारी ।
चुपचाप सह्दै छु ।
म फर्केर मेरि आमाको काखमा
अलिकती नुनिला आँखा को आँसु
चुहाउन चाहन्छु ।
मलाई बचाउ ,
म दिनदिनै बिक्दै छु
अरबमा म भकभकी पाक्दै छु ।
म त्यो देसको चेली ,
जहाँ नारी लाई पुजिन्छ ।
म त्यो देसको छोरी
जहाँ कुमारी राखिन्छ ।
म हार्दै छु ।
लज्जित हुँदै छु ,
आफ्नै देसको पिताहरुको कार्य देखेर ,
आफैले आफ्नो आनुहार छोप्दै छु ।
मलाइ बचाउ , म बिक्दै छु ।
हो , म बिक्दै छु ।
अरबमा पाक्दै छु ।
कति सपना बोकेर
आएको छु ।
घरको बुढो बाबाको
उपचार गराउला ,
मेरि आमाको यसपाली दसैमा गुन्यु फेरुँला
मेरि बहिनीको सपना साकार पारुँला ,
मेरि भाउजूको गुनासो पुछुँला ,
मेरो भदैको भबिष्य कोरुँला ।
मलाइ मर्नु अघि हेर्नू छ ,
सबैको मुहार ।
जहाँ खुसीका टिलपिल आँसुहरु ,
छचल्किदै होलान ।
म हार्दै छु यहाँ ।
म मर्दै छु
जल्दै छु ।
हो , म बिक्दै छु ।
मेरो देसले विकासको काँचुली फेरेको भए ,
म पनि मेरो देसको आफ्नै श्रर्मिक बन्न पाएको भए ,
पक्कै पनि मेरो सानो मिहिनेतले ,
म जस्ता हजार युवा को मिहिनेतले
नेपालको पूरा अर्थ कोर्थियो होला ।
म , अनि म जस्ता सबै आफ्नी आमाको ,
आफ्नो जीवन संगिनीको ,
आफ्नो बाबाको ,
साथमा बाँच्न पाउँथे होला ,
मलाई बचाउ म बाँच्न चाहन्छु ।
एक मुठी सास मेरै देसमा फुक्न चाहन्छु ।
म मर्दै छु अरबमा ,
म बिक्दै छु ।
हो म बिक्दै छु ।
अबुधाबी (युएई)
(स्रोत : Samyantra.com)