कविता : गाउँकै कविता लेख्छु म

~कृष्ण पहारी~Krishna Pahari

गाउँका कबिताहरु
सहरका भन्दा अलि फरक हुन्छन
आक्रोसित हुदैनन
किनकी गाउँ गरिब छ
र सहरमा झै गाउँका कबिताले
फुर्ती लगाउदैनन
चाकडी र चाप्लुसिमा
कबिताले सान देखाउदैनन ।
गाउँका कबिताहरु
नरम स्वभाबका हुन्छन
अनि कबिता लेखने हात पनि नरम हुन्छन ।
गाउँको परिबेसभित्र लुकेर
प्रकिती कोट्याउने गाउँका कबिताहरुले
कहिले पनि जिन्दावाद र मुर्दाबाद भन्दैनन
लालसलाम र जयनेपाल डकार्दैनन
मात्रै स्वाभिमान बोल्छन गाउँका कबिताहरु ।
गाउँका कबिताहरु
बास्तबिकताको चित्रण गरेर
हिमाल देखेर हास्छन
तराईलाई अकमाल गर्छन
अनि पहाडको टोपि लगाउछन
गाउँका कबिताहरु
त्यसैले मैले गाउँमै बसेर
गाउँकै कबिता कोर्ने गर्छु ।
गाउँका कबिताहरु
मुक्तिको गित गाएर
गाउँलाई झुक्याउदैनन
गरिबलाइ कङाल बनाउदैनन
तानासाही र निरंकुशता लाददैनन
खुल्ला आकाशमुनि
स्वाभिमानको रछा गर्न
आवाज गर्जन गर्दछन गाउँका कबिताहरु ।
गाउँका कबिताहरु
मनभरी लालीगुराँस फुलाएर
मखमली र सयपत्रीको माला उन्छन
निधार भरी राता अच्यता टासेर
शुभसाहित बोल्छन गाउँका कबिताहरु
त्येसैले मैले गाउँका बसेर
गाउँका कबिता कोर्छु
गाउँकै कबिता बोल्छु ।

पोखराथोक, पाल्पा, तानसेन ।

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.