~कमल प्रकाश पौडेल ~
उदास् मनको चहुरमा, आई मस्त चर्यौ आँसु
यस्तो मन नि डढाएर, गर्नु घात गर्यौ आँसु ।।
तिमीले त हल्का लियौ, पर्नु पीर मलाई पर्यो
मन, मुटुभित्र भित्रै, विष प्याला छर्यौ आँसु ।।
यस्तो मौन हुनु थियो, पैले जिस्किई किन बोल्यौ
अन्तर्मनका हर्ष सबै, आजैबाट हर्यौ आँसु ।।
ला’को कति गुन भुल्यौ, भोलि अझै बाँकी थियो
मलाई छालमा धकेलेर, आफूँ पारि तर्यौ आँसु ।।
तिम्लाई खुसी देखिरा’छु, सँधैभरि यस्तै बन्नु
नयनको तालभित्र, टिलपिल आँसु भर्यौ आँसु ।।
–रचनाकालः–२०६१÷१२÷०३
(स्रोत : रचनाकारको ब्लगबाट सभार)