~शेर्पीनी कान्छी ‘निम’~
इक्षा आकान्क्षाका बलि चडाए तिम्रो सहरमा
तिमिलाई खोज्दा आफै हराए तिम्रो सहरमा।।
चहानाको दियो वालि मायाको फूल फुलाउदै
आफैलाई तिखो काडा बनाए तिम्रो सहरमा।।
सानो एउटा आसमा,सात समु्द्र तरिआए
सपना सबै चितामा जलाए तिम्रो सहरमा।।
बेफुर्सदिलो मान्छे,भोक प्यासको मूल्य छैन
आखाका आशु पिउदै अघाए तिम्रो सहरमा।।
सडक चोक गाल्लिमा,भौतारिदै कति हिडे
भीडभाड भित्र पनि एक्लो पाए तिम्रो सहरमा।।
-दोलखा, चरिकोट, नेपाल
हाल इजराईल