~राधा भट्टराई~
धेरै झुकेँ सम्झौतामा झुक्ने छैन अब !
धेरै चुकेँ विवशतामा चुक्ने छैन अब !!
रहर र कहरमा प्रवाशको वास भो !
छुटेँ निकै कर्तव्यमा छुट्ने छैन अब !!
पोल्टाको नै झर्ने हो कि भुइँको टिप्न खोज्दा
यही सोचमा कुटेँ यो मन कुट्ने छैन अब !!
दुःख सुख आफ्नै आफ्नै न त बाँड्न मिल्ने
लुकेँ धेरै बाध्यतामा लुक्ने छैन अब !!
नौनी थियो मन हिजो पत्थर भयो आज
दुखेँ निकै आशै आशमा दुख्ने छैन अब !!
(स्रोत : सत्यतथ्य मासिक)