कविता : पलायन प्रकृति

~त्रिचन्द्र प्रतीक्षा~ Trichadra Pratikshya

रुमलिरहेथ्यो डाँफे चरी यो निलो आकाशमा
गन्तव्य विहिन स्वतन्त्र मन वैंशको सफरमा ।

थिएन शब्द व्याख्या गर्ने उसको रुपलाई
अभेद्य गथालो टाल्न खोजेथें मेरो यौवनलाई ।

मुखको बोली ओंठको लाली मिलेथ्यो मनैमा
जोडी नै बनेथ्यौं चखेवा झैं यौवनाको लहरमा ।

पोख्न खोजें मायाको व्यथा कसैले सुन्न चाहेन
रहेको बादल पलायन भईदियो त्यो पनि फर्केर आएन ।

चखेवाको माया ओइलिएको फूलमा के बाँकी रहन्थ्यो र !
बगेको पानी फेरि उँभो कहिले पो बगेको छ र ?

(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.