~केवल गंगा गुरुङ~
प्रिय छोरा
तिम्रो आनन्दमय जीवनमा
म दुखी रहेको तिम्री आमा
नेपालको तर्फबाट धेरै मायाँ
कसरी सुनाउँ तिमीलाई
मेरो खवर छोरा
साँझ विहान करैकरले खान्छु
कहिले मुटु मै घोच्छ
त कहिले पैताला तिर लुच्छ
यो शरीर सवै एकै चोटी
भतभति पोल्छ
तिमी त आफ्नै संसारमा डुबी
मेरो वास्ता गर्न छोड्यौ
मेरो त तालु खुइलियो
दाँत सवै किराले खायो
आजभोलि खोले समेत
निल्न नसकेर भोक्कै सुत्छु म त
अनि छोरा
भोकको मात्रै के कुरा
महाकाली सुक्न लाग्यो
सप्तकोशीलाई गंगाले बगायो
मसीना इनार,कुवाहरुको पिँध नै फाटेर
पानी समेत पिउँन पाकी छैन
खै,
तिमीले कहिले बुझ्छौ यो कुरा
यो गरिव आमाको नाङ्गीएको शीर
पटपटी फाटेर धुजा धुजा परेको पैताला
कहिले देख्छौ तिमीले ?
तै म त तिम्रो आमा परे
तिमी जति नै कुलङ्गार भए पनि
मायाँ लाग्छौ रै छ आफ्नो सन्तानको
यो गरिव आमालाई
छोरा
तिमी आयौ भने मेरो काखमा
रुखो गाँस चिसो न्यानो वासमा
मेरो ममताको छहरी भित्र लुकाउँला
तिमीलाई
डरै लाग्छ छोरा मलाई
जब तिमी मलाई बुझ्छौ
मेरो महत्व चिन्छौ
तव
म मरी सक्ने पो हो कि ?
चाँडो आउ छोरा तिमी चाँडो आउ
यो गरिव आमालाई वचाउ
आफ्नो आमाप्रतिको कर्तब्य निभाउ
उहि तिम्रो
गरिव दु :खी
उनी विरामी आमा
नेपाल
(स्रोत : कविता कुसुम)