~सागर कार्की~
धुलो जस्तै छरपष्ट
अनगिन्ती छरिएकाछन् सपना
मेरा आखाँभरी लम्पसार लडिरहेका छन् ।
कहिले पानी बनेर
आँखाका डिलबाट खस्दा
च्यातिएर मुटु रगत खसेझै लाग्छ,
अनी हतार हतार पुछ्दछु सपना
कतै बग्दै बग्दै प्रियसीका आँखा नभिजाओस्
लुकाउछु रोदन हृदय भित्र ।
बिन्ती सपना,
बरु भित्र भित्रै जलाईदे मलाई
च्यातिदे, टुक्रा टुक्रा पारिदे मुटु
मन रुदा हाँस्न जानेको छ ओठले
तर आँखाबाट जब खस्छस् नि त
मेरी प्रियसीलाई असह्य हुनेछ
मेरो हाँसो उसको जिन्दगी हो सपना,
बरु मारी दे मलाई
तर बाचुन्जेल बदला किन लिन्छस् हँ ?
उसको मन दुखदा,
जिवन ढलेझै लाग्छ
झन् त्यो नयन रुझेको देखे भने
सक्दिन सपना म जिउन ।
ओई सपना, अब त रोकी दे न
जति झार्छु परेलीबाट
फेरी धुलो बनेर
आँखामै किन बिझाउन खोज्छस् हँ ??
(स्रोत : रचनाकारको ब्लगबाट सभार)