कविता : लालसलाम छ मेरो पनि

~विष्णुकान्त आचार्य~

समाजवादी गणतन्त्र मान्नेहरुलाई
गरिबको कथाव्यथा
जान्नेहरुलाई
लालसलाम छ मेरो पनि लालसलाम छ है।

शिक्षा, स्वास्थ्य, रोजगारीको ठेक्का लिनेलाई।
विस्तारवादको सामु उभी धावा
दिनेलाई
लालसलाम छ मेरो पनि लालसलाम छ है

पछि पर्ने कुराहरु अघि जान्नेलाई
समाजवादी गणतन्त्र मन्त्र
ठान्नेलाई
लालसलाम छ मेरो पनि लालसलाम छ है।

मेचीकाली हाम्रो देश हो भन्नेहरुलाई
पूँजीवादलाई मुख्य दुश्मन
गन्नेहरुलाई
लालसलाम छ मेरो पनि लालसलाम छ है।

कुर्सी ताक्ने पापमोह त्याग्नेहरुलाई
सामन्तको जरै काटी
फ्याक्नेहरुलाई
लालसलाम छ मेरो पनि लालसलाम छ है।

समाजवादी नाराहरु घन्काइ दिनेलाई
बस्तीबस्ती ज्ञानको आगो दन्काई
दिनेलाई
लालसलाम छ मेरो पनि लालसलाम छ है।

देशको सीमा मिचिएको देख्नेहरुलाई
टिस्टा काँकडा साविद नक्सा
लेख्नेेहरुलाई
लालसलाम छ मेरो पनि लालसलाम छ है ।

जुम्ला
हाल, बाँके

(स्रोत : मजदुर दैनिक)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.