~हरिप्रसाद वास्तोला~
क्रान्ति सचेत
युग नै पार्ने फड्को
भविष्य द्रष्टा।
निःस्वार्थ त्याग
समाजकै खातिर
तौल उच्चता।
समग्र युवा
निरङ्कुशता कुची
स्वर्ग समाज।
युवा विचार
आहुतिमा तत्पर
न्यायको राज्य।
आगाका ज्वाला
कर्तव्यनिष्ठ नित्य
चिन नेतृत्व।
हरेक युग
विकासका लहर
उच्च गरिमा।
लक्ष्यमा दृढ
मुलुक हराभरा
ऐना आकृति।
सुन है युवा
कुरीति कुलतमा
हुन्न उन्नति।
राष्ट्रका सान
विकासका सारथी
राखे है होस।
विदेशी मोह
बाँझो धर्ती विकास
सोच सन्तति।
समाल युवा
नीति निर्णयकर्ता
धर्ती सिङ्गार।
(स्रोत : मजदुर दैनिक)