~शंकर भण्डारी~
कति गर्छ गरोस् उसले यस्तो नाकाबन्दी
हामी पनि च्यात्छौं अब असमान सन्धि
लगेकै हो नदीनाला उसले छानीछानी
नबुझेको कहाँ हो र उसको आनीबानी
चल्न दिनुहुन्न अब उसको मनोमानी
फेरि गल्ति नदोहोर्याऔं अब जानाजानी
मित्रताको हात बढाई घात गर्छ जसले
हेरौं अब स्वाभिमान बेच्न सक्छ कसले
सहिंदैन अब कति उसको आनाकानी
चल्न दिनुहुन्न अब उसको मनोमानी
(स्रोत : मजदुर दैनिक)