कविता : मास्टरसाहेब !

~न्हुछेरत्न बुद्धाचार्य~

सदियौंदेखि अँध्यारोपथमा
ज्ञानको ज्योति बालेर अघि बढ्ने
शैक्षिक चेतनाको बिजारोपण गरेर
देश बोकी हिँड्ने साहसी मानव !

भविष्य सन्ततिका दिव्यचक्षु भएर
आफू बलेर उज्यालो दिने दीप बनेर
अज्ञानताले घेरिएको फूलबारीमा
ज्ञानको सुवास छर्ने
मास्टर साहेब !

सत्य र ज्ञानको मन्दिरका पुजारी
जीवनको प्रत्येक पाइलामा सङ्घर्ष गरेर
आफ्नो पौरखले स्वाभिमानी भएर बाँच्ने
परिवर्तनशील समाजका अग्रदूत !

तिम्रो बोली जिउँदो जीवनको स्वाभाविकता हो
प्रत्येक शिक्षकको बोलीमा जीवनको सत्य हुन्छ
एक निर्भिक कर्मठ समाजसेवक भएर
राष्ट्रका लागि आफ्नो जीवन अर्पण गर्ने

तर,
तिम्रो आकाङ्क्षा, तिम्रो भविष्य
कहीं हावाले उडाइदियो
कहीं ढोकाले थुनिदियो
यस्तै उपेक्षित क्षेत्रमा छटपटिरहने
मास्टरसाहेब !

(स्रोत : मजदुर दैनिक)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.