~श्रृजना क्षेत्री~
सुन सान अँधेरी त्यो रात मा!
केवल तिम्रै याद थ्यो साथ मा!
आँखा भरी आँशु को भेल थियो
अनी तिम्रो तस्बिर थ्यो हात मा!
पागल झै खै के के बर्बराउदै थिए
एक्लै एक्लै नशा को त्यो मात मा!
खिसिक्क हास्थे अनी फेरी रुन्थे
सम्झिएर तिम्रा ति मिठा बात मा!
हरेक पल मरेर जिउन बाध्य छु म
पिड़ै नै पिड़ा को नमिठो खात मा!
(स्रोत : पल्लव साहित्य प्रतिष्ठान )