गजल : मुस्कान लिई आउ

~राधा भट्टराई~Radha Bhattarai

ईश्वर ! हाँसो खोसिएका ओठहरुमा मुस्कान लिई आउ
धर्म ! नाममा लेखिएका भागवत र कुरान लिई आउ

घाईते छन् धर्ति आमा क्षेप्यास्त्र र बन्दुकका गोलिबाट
चाहिन्न् यस्ता बिकुलहरु हातेमालो विज्ञान लिई आउ

चारैतिर कोलाहल छ अविश्वास र अशान्तिले
क्लेश बिना सादा जीवन बिताउने त्यो ज्ञान लिई आउ

रंगभेद, छुवाछुतले मुर्झाएका रोए जस्ता अनुहारमा
सबको समान पहिचान भएको त्यो सम्मान लिई आउ

तोड्दा भन्दा जोड्दा तिमी शक्तिशाली बन्नेछौ विवेक दिँदै
प्रत्येक घर आँगनमा आशाको नौलो बिहान लिई आउ !

(स्रोत : सत्यतथ्य मासिक)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.