गजल : कर्महारा जिन्दगीमा

~विरेन्द्र धामी~Birendra Dhami

भाग्यलाई दोष दिन्छु कर्महारा जिन्दगीमा,
जब आउछन मोडहरु अपठ्यारा जिन्दगीमा !

आफ्नै साहसले अघि बढ्न खोज्नेहरुको यहाँ,
अरुको भन्दा बेग्लै हुदो रैछ पारा जिन्दगीमा !

रोक्दैन अंधेरीले जसको हौसला छ बुलन्द,
कौतुहलताको साक्षी बन्छ सारा जिन्दगीमा !

धेरै हुनथाल्यो प्रदेशमा बुढी आमा छोडेर,
कसरी तिर्ने होला दूधको भारा जिन्दगीमा !

सुनेनौ कसैको मनको कुरा तनमन दिएर पनि,
पाइन केही बाहेक आँसुको धारा जिन्दगीमा !

विरेन्द्र धामी,
चौखाम ६ भौतीँ, बैतडी

(स्रोत : Samyantra.com)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.