~अर्जुन काफ्ले~
हेर चिसाङ्ग वर्षेनी काल भएर आउछ
वर्र्षामा पानीको पाइप वगाएर प्यासी वनाउछ
पुल नहुदा फडानीका रामप्रसादहरु
सामान किन्न वेलवारी धाउछन् ।
तिम्रो वजारमा सामान नपाएर कहाँ हो र
उनीहरु पुल नपाएर वेलवारी धाएका
सिंहदेविका हरिवहादुर हरु विराट चौक धाउछन्
ए लेटाङ्गे अव त उठ
तिमीले चिसाङ्गमा पुल हाल्नु छ
अव त जुट फडानीका साग लेटाङ्ग पुरयाउन छ ।
हिउदमा पानी नपाएर काकाकुल हुन्छ ।
खेरुवामा एक गाग्रीका लागी
एका विहानैको झगडा किन हेर्छौ
विहानै दुध वोकेर वजार आउने माल्दाइलाइ
दिनदिनै पानी छैन भन्ने किन वनाउछौ ।
खौ तिम्रो शहरी खानेपानी कहिले आउछ
वनिसक्यो भन्या होइन र तिम्रो काम
शंकर र ज्वाला र अरुहरु
त्यहि पानीका लागी धाइरहेका छन्
तिनका भगीरथ पर्यत्न कहा पुगे
उफ यो पानी
उता वाटो उस्तै छ
्न जाते पुगिन्छ सुविधाले न फडानी
कानेपोखरी जाने वाटो कहिले पुरा पिच होला
वुधावारे लेटाङ्ग मधुमल्ला कहिले
सरर गाडि कुदल्ला
६नम्वरमा उत्तरी मोरङ्गका गाडि कहिले
काठमाडौ जालान उफ
अझै डोकामा सुन्तलाका भारी वोकेर
सुरविर वा कतिदिन उकालो
्ओरालो गर्ने हुन थाह छैन
ति माथी भोगटेनीमा मास पाक्दा
तराइका मुख मिठ्रयाउदा हुन
कति दिन लिम्वुनी वजु ले
मास डोकामा वोकेर लेटाङ्ग झर्नु
ए लेटाङ्गे अव त उठन तिमी
लेटाङ्ग कानेपोखरी वुधवारे
सडक वनाउने वेला भएन र?
अझै कति हिडनु हो
गाडि सरर कुदने वेला भएन
्तिमी भन्दा कति कान्छा ति
पथरी विराटचौक र वेलवारी
हेर त ति कहा पुगे
अनि तिमी कहा छौ ।
हे लेटाङ्ग अवत उठ केहि गर
काठमाडौ त तिम्रौ भइ सक्यो रे
अमेरीका मा सानो गाउ वसी सक्यो रे
कतार र साउदिमा सानै गाविस वन्ला रे
युरोप र क्यानडामा पनि लेटाङ्गे भेटिन्छन रे
मलाया र युएइका लेटाङ्गे कहिले फिर्छौ
तिमीले वाटो वनाउन ढुङ्गा वोक्नु छ
पानी का पाइप उठाउनु पर्ने छ ।
त्यसैले गाउ फर्क लेटाङ्ग केहि गर
ए लेटाङ्गे अव त अघि बढ
तिमीले सभाषद पाएका छौ
तिमीहरु देश विदेश छाएका छौ
किन वकधुम्म भएर वस्छौ ।
अव त उठ लेटाङ्गका लागी केहि गर
पथरी मोरङ्ग
हाल मलेसीया
(स्रोत : Samyantra.com)