~होमनाथ कोईराला~
कविता लेख्दैछु म आज
मेरो दाजुको नाम मा
गरिब भएर के भो त म ?
ममताको खानि छ,
यहि शब्द सागर चडाउँदैछु
उहाँलाई ढोगको दाममा ।
मलाई सानोको ती दिनको याद आयो
उहाँले “ओई गाँडे” भनी बोलाएको त्यो शब्द
सम्झेर आज पनी हाँस्छु, नाच्छु अनि रमाउछु…
अनि ती यादमा हराउछु ।
जिस्किए झैं लाग्दो र छ, अनि च्याप्पै समाउछु
एकाएक हावामा हुस्सिन्छु, ढुङ्गामा ठुस्सिन्छु अनि…
आफैंसङ्ग घुस्सिन्छु र कराउँछु ।
म भन्दा अलि बाठाे वहाँ , अनि…
वहाँको त्यो बठ्याईँ…
बा को पैसा चोरी खाएको त्यो बिस्कुट अनि मिठाई,
तर
त्यो भन्दा धेरै नमिठो थ्यो त्यस रातको बा को पिटाई अनि…
बाख्राको खोरको सुताई ।
वहाँको छुल्ल्याईँ नै मिठो
खेल्दा खेरी झ्यालि भो भन्दै हारेको
पल्लाघरको भातको भाँडामा मुखले नै दारेको
अनि त्यसमाथि उल्टै कुखुराका चल्लाहरु मारेको ।
हाम्रो त्यो मित्रता अनि गफगाफ
सुत्ने बेलाको हाम्रो त्यो गन्थन मन्थन
पाईलै पिच्छेको जादुमन्तर…
हरेकदिनको हाम्रो एउटै हुन्थ्यो प्रश्न अनि एउटै उत्तर ।
त्यसै मक्ख पर्थिम, खित्का छाडि हाँस्थिम
किताब खोली बस्थिम अनि गफ गर्थिम ।
फरक थियो उमेर तरपनी हाम्रो केहि थिएन अन्तर ।
फिस्स ओठ फुस्किँदा वहाँको
त्यो मन्द मुस्कानको अगाडि
टिक्दैनथे जस्तै मै हुँ भन्ने केटीहरु पनि लाग्थे पछाडि ।
ऐलेपनि हाम्रो मित्रता छ उस्तै
भेट भयो कि सुरु हुन्छ गफ झैं गरि हामी हौ विश्व गफाडि ।
दाजु सबैका कहाँ यस्ता हुन्छन,
हुनेहरुका पनि आफ्नै धुनमा व्यस्त हुन्छन ।
(स्रोत : Samyantra.com)