~रसुवाली कवि~
रेखाचित्र वाङमयबाट
समय लिएर दौडेको पहाडको चेहरा
उन्मुक्त मनहरू गर्विलो हात रहेसम्म
सपनाको विराग ढल्दैन
बेगनास राराले चिसोको खेती गुरून्जेल
म भन्छु सगरमाथाको शिरमा
सजायको कुनै कैफियत रहने छैन
कमिलाहरूले हात्तीको छाला टोक्दैमा
कमिला हात्तीत्व आउँदैन
मतलव अघाउने र भोकाउनेको लडाईंमा
भोकाउनेको भोक नै चर्को हुन्छ
रक्तिम हातहरूले सलाम भनुन्जेल
भोकाएका पेटहरूले गीत गाइरहनेछन भोकको
हेर हिमालमा
शिरत्व भैरहेछ
लुटिरहेछ जुवाले कपालको अस्मिता
विवेकहीनताहरूको हुलमा
सजायको कैफियत रहुन्जेल
मुर्खहरू नजन्मनेहरू
र नमास्ने होइन
समय चेतना विम्वको हुकार
समायोजन बुंदमा सजाएर जिन्दगी
शक्तिखोरको खोरबाट
कराइरहेको क्रान्ति मर्दैछन्
मान्छेविनाको मानवता पहिरिएर
ए सडक
तिमी बल्नुपर्छ, जल्नुपर्छ
इतिहासको पुरान पहाडको चेहरा जस्तैै
हो सडक
तिमीलाई बाल्नकै लागि
मान्छे जन्मको हो ।
धैवुङ–१ , रसुवा
(स्रोत : हाँक साप्ताहिक)