~प्रेम सुब्बा मेन्यङ्बो~
विदेशमा काम गरेको पनि धेरै समय भएछ ।
ड्युटी जाने फर्किने पकाउने खाने र साथीभाइसंग तिता मिठा कुराहरु गर्दैजाने क्रममा एक जना साथीले एस्तो भन्यो, “स्काईपबाट एकअर्कालाई हेर्दै बोल्न सकिन्छ।”
मलाई अचम्म लाग्यो र मैले बिश्वास पनि गरिन र हैन होला भने केही जिद्दी पनि गरें ।
तर उनीहरु म भन्दा पनि पढेलेखेको पनि छ, विदेशको ठाउँमा राम्रो नै काममा छ । हरेक कुरामा म भन्दा पनि अगाडि छ अन्त्यमा मैले बिश्वास गर्न बाध्य भएँ।
तेस्तै घर बाट बिदेश हिडेको पनि करिब 2 बर्ष पुगेछ घरमा श्रीमतीसँग हाम्रो कुरा फोन मार्फत हुने गर्थ्यो । पैसा पनि लाग्दैना सित्तैमा कुरा हुन्छ भन्छ ।
श्रीमती लाई नदेखेको पनि धेरै नै भयो ।
फेरि श्रीमती संग थोरै मात्रै कुरा हुन्थ्यो फोन मार्फत र धेरै कुरा गर्नु पनि मन लगेको छ ।
श्रीमती लाई हेर्दै बोल्ने इच्छा जाग्यो र मैले पनि साथीहरू ले भने झै श्रीमतीलाई कम्प्युटर र अन्य सामाग्री किन्नु को लागि अग्र गरे । ……
र हाम्रो गफ भिडियो कल मार्फत हुन पनि थाल्यो । पहिले त खुसी साथ कुरा हुने गर्थ्यो ।
अन्त्यमा कुनै बेला सामान्य झगडा ( विवाद ) हुन्थ्यो र त्यो क्रम धेरै दिन, धेरै महिना सम्म चल्यो ।
एक दिन भिडियो कल मा बोल्ने क्रममा मेरो श्रीमती सुक सुक गरेर नाख बजाउन थाल्यो र अँखा बाट आँसु झार्न थाल्यो ।
आज के भएछ मेरो माया ले धेरै सताएछ क्या हो भने र सोचे ।
उ भने टुलु टुलु आसु झार्दै बोल्दै छ मैले त्यो देख्न सकिन र मेरो आँखा बाट पनि आसु झर्ला जस्तो गर्यो ।
मैले भने क्यामेरा तल तिर सार (तल देखा) भन्दा आसु पुछ्दै तल नै देखायो ।
एसो हेरेको त के को मेरो मायाले रोएको रहेछ मोरी त प्याज कट्दै बोल्दै रहेछ र पो रुदो रहेछ ।
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )