~नविन आचार्य ‘लेटांगे’~
धेरै भेटे , निर्दइ हरु , चोट दिएर , रमाउने
हातमा गुलाव , थमाएर , पिठमा छुरी , धसाउने
आशाको दिप,हातमा बाली,जस्लाई कुरी,जीन्दगी भर
उसैको खत , आयो आज , अन्तै घरबार , सजाउने
भित्ताको त्यो,तस्वीर देखाई,गर्वको साथ,बोलिन आमा
यो हो मेरो , सच्चा ‘सपूत’ , “नेपाल आमा” , बचाउने
जुनी भरी, साथ दिन्छु,’नवीन’ संसार, बसाउ भन्थ्यौ
नाटक रैछ , तिम्रो आखिर , मलाई पागल , बनाउने
-लेटांग ४ मोरंग
हाल रावागं मलेशिया
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)