~बिबश बलिभद्र कोइराला~
बद्लिन्न म बद्लिन्न भनि बद्लियौ
चोरेर मुटु यो रित्तो भएॅ अनि बद्लियौ ।
सोचेको थिएॅ , नौनी सरीको छ त्यो मन
अनायासै तिमी ढुङ्गा बनी बद्लियौ ।
तिम्रै हु म तिम्रै , सयौ जुनी भन्दै
त्यो ज्यानको अचानक, धनी बद्लियौ ।
जस्तो हुनेछ डालि , झरेपछि त्यो फुल
त्यसतै हुन्छु भन्दा , पनि बद्लियौ ।
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)