~ओमनारन अज्ञानी~
जुटौ दिदी बहिनी हो,रातो सारी लाउन्,
दिन दु:खिका बिरहका कुरा उठाउन ।(२)
पोहोर सालको भुइचालोले, पार्यो दैब कता जांउ,
यो सालको बाढिले झन छैन टेक्ने ठांउ ।(२)
यमराजका दुत होइनौ,लाईसेन्स पाका डाइबर दाइ,
नफाल न भिर बाट सोझा जनतालाई ।(२)
दिनदहाडै लुट्पाट र अपराध मौलाउदा,
कहाँ छौ ए रछ्या कानुन, आन्नौ बोलाउदा ! (२)
उमेर भका बिदेसिन्छन,बुढा बच्चा घरमा,
अली अलि बचेका नि पस्छन शहरमा ! (२)
अन्न आउछ बिदेशबाट, खेतबारी बाझै छन्,
यस्तो बेहाल कहिले सम्म खेप्नु कति झन ।(२)
साल नबित्दै फेर्छौ सरकार,भर्छौ आफ्नै ढिकुटि,
गास बास र कपासको त कुरै नउठी ! (२)
तराइ पहाड मन फाट्दा बैरी हास्या हेर त,
मिलिजुली अघी बढौ नारी अब त ।(२)
बुधा बुधा अध्ययन गरौ सम्बिधान छिलेर ,
पालन गरौ कानुनको सबै मिलेर ।(२)
बिन्ती मेरो तरबार हैन, कलम बनाउ यस्पाली,
त्यही कलमले देश्को बिकास लेखुम नेपाली ! (२)
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )