~बिबश बलिभद्र कोइराला~
उसै राम्रा मिर्ग नयन गाजलुले घेरी नराख
अन्जनैमा माया बस्ला एकोहोरो हेरी नराख
अहिले त्यति राम्रो छैन तिम्रो जोडा सुहाउने
घोडा चडी आउला लिन रंग ओठको फेरी नराख
जोडजाम गर्दै छु म पनि एक जोड राम्रा टाइसुट को
फुटाई राखे हुन्छ लट्ठा तेसै कपाल जेरी नराख
सहितको पन्चे बाजा डोली पनि ल्याउला बरु
कुसाइतमा सारी चोलो च्याट पारी बेरी नराख