~रुमन न्यौपाने ‘अमन्त’~
शाश्वत सत्य,
देख्दैन अनुहार ऐनामा मानिस ।
कपटि छ, निर्दयी छ, निस्वार्थ त छँदै छैन ।
टाउको काट्दैछन् मानिस मानिसको
तौलीएर हातहरुमा दया नाप्न खोज्छ ।
देख्दैनन् अनुहार,
ऐनामा मानिस त्यसै रुमल्लीन्छ ।
फुलहरुमा प्रतिन्द्धवदिता चल्दैछ ।
उद्यानमा भेटिदैनन् कुमारी फुलहरु ।
***
बिषय के बन्न सक्छ, परिबेसलाई केलाउने प्रयत्न गरे । माथिको कबितालाई कुन बिबीधताले भरीदिने हो, कुन अलंकारले छोपिदिने हो एक छिन त खुब घोरीए ।
मथिङ्गलमा बिभिन्न बिषयमा प्रहसन दौडिन थाल्दै थिए । बिजुलीको झट्का लागेर अचेतन भएर लडेको शरिर जस्तो, दिमागमा उब्जिएका बिभिन्न धाराबाहीक बिचार लाई शंश्लेषण गर्दै एकछिन खाट मा पछारिँए पनी । बस, अझै लेख्न लाएक लाईन दिमागमा फुरेन । चित्त बुझ्दो शब्द भेटिएन । नजाने गाँउको बाटो नसोध्नु भन्ने उखान लाई चतितार्थ गर्दै लेख्दा लेख्दै को कलम लाई घँचेडेर अली पर पारीदिए । रोटिको तावा जस्तो रन्कीएको दिमाग त्यो पन्छाएपछी झन दबंग बनेर निस्कीयो । एक पछी अर्को शब्दले र्हिकाए जस्तो लाग्यो । मैले आफैलाई भने ‘स्वाठ लेख्न नजाने पछी के को तारीरहेको’ तर बबुरो मन, फुरेको, फुर्ला फुर्ला जस्तो र घाँटिको प्वालमै आएर कसिएको शब्द निकाल्न आतुर झै देखीदै थियो । तिनै अड्कीएको शब्दलाई लिपीबद्ध गर्ने भुखार झनै चड्दै थियो । हरेक मानीस भित्र चुम्बकीए सक्त्ती हुन्छ, अरुको ईच्छाले जती घुमे पनी पछी आफ्नै घ्रुब तिर र्फकीन्छ भने झै मेरो पनी हाल त्यही थियो । त्यो पन्ना लाई जती पर सार्यो त्यो त्यती नजिक हुँदै थियो । म भित्रको चुम्बकीए धुर्ब पनी त्यही कापी को पन्ना तिर तानीदै थियो । त्यो परिश्रम थियो । त्यो भोक मेटाउने उपाए थियो । साहित्यीक लोभको चक्र थियो । मलै नगरी नहुने थियो, सायदै मेरो सायास प्रयास कसैले मर्म दिएर पढोस् । म जोर लगाउँदै थिए, रच्न खाज्दै थिँए । ढिकीमा हल्लीएको खुट्टा जस्तो, जाँतोमा पेलीँदै गरेको मसेटो जस्तो बितेको दुई घन्टा देखी एक थलो लाएर खोई के हो उब्जाई रहेथेँ । अँ, कबिता, हो म त्यसलाई कबिता भन्छु । म कबिता लेख्दै थिए ।
दुई लाईन लेखेर अडिएको घन्टा नाघिसक्यो अझै टुप्पीको टुप्पो पनी भेटीएको थिएन । स्वभाबत पाठकलाई लाग्ने सहज लेखनको असहज परिस्थीती मा थिँए । भन्नु पर्दा म मिस्टर स्ष्टिडी(steady) बन्दै थिए । ‘ए’ पछीको ‘बि’ नचिनेर असमञ्न्जसमा रोकीएको बालक जस्तो मुखमा पेन खेलाउँदै थिएँ ।
नरोकीने गरी अब ता पसिना पनी माथा बाट र्झदै थियो । गम्दा गम्दै एउटा कबिताको याद आयो, भारतिय महाकबी भुर्तहरीको–
साहित्य संतिग कला बिहिन ।
साक्षत् पशु पुच्छर सिङ हिन ।
कसैको केही नलाग्ने भयो, म सिङ र पुच्छर नभएको मानिस हुन चाहान्न । मैले जसरी पनी पुरा गर्नु पर्ने भयो त्यो काँट छाँट नमिलेको कबिता । फेरी कलम समाएको निकै बेर पछी पनी दिमागको चक्र नघुमेपछी पछाडी र्फकेर हेरे । मेरो घोडा त अन्तै कुद्धै थियो । कबितालाई धुलिसात् बनाएर निबन्धको बाटोमा पो धुलो उडाउँदै थियो । म छक्क परेर हेरीरहे र त्यो कबिताको चार लाईनलाई कान्लामुन्तीर फालीदिए । अर्को पन्नाको अघिल्तीर पुगेर लेख्न खोजे, निबन्घको नयाँ कुनै शिर्षक ।
अब निबन्ध रच्नु थियो । कबिताले पिछा छोडेझै मन ढुक्क भयो, कलमलाई बेस्सरी कसेर माया देखाए । सुरुवात गरीसकेको कबिताको लाईन लाई बिर्सिएर कतै विलुप्त निबन्धको धार समाउँन खोज्दै थिँए तर फन्टुस कलम अघाडी बढेकै होईन । एक लाईन लेख्न पनी सँयौ शब्द मेटी केरी गरीसकेँ । यो निबन्ध युद्धको शंख्खनाद थियो । मेरो अघिल्तीर कौरब र पाण्डब को युद्ध चर्कीए झै लाग्यो । साच्चीनै यो पनी मेरो लागी माहाभारतको युद्ध जस्तो थियो । निबन्ध युद्ध । साहित्यीक तृष्णामा अब निबन्ध रचनाको युद्ध । साझ झमक्क बेला भईसकेको थियो । आखाँमा फुलो परेको बुढीया जस्तो म निबन्धको निम्ती शब्द केलाउन थाले । कम्तीमा २००० शब्द रचीनु थियो । मलाई स्वाँ स्वाँ र फ्वाँ फ्वाँ गरी लेख्दा भ्याई नभ्याई कहिले भएन म एउटै शब्दमा अडीएर घन्टौ बसिददिन्थे बेमाखमा टाँगाको मुन्तीर लागेको ओट जस्तो । मलाई हतार कहीले भएन सायदै लेख्न आँउदो हो त म त्यस्तो गर्ने थिई क्यार ! आफ्नै गिल्ला गरे जस्तो लाग्यो ।
लेख्नमा फेरी एकोहोरीन थाले । कहिले पुच्छर त कहिले जिउको कुनै भाग समात्न पुग्छु तर टाउको कतै भेटीएको होईन । शब्द नै हराए जस्तो । ‘हरे! मैले यस्तोमा कसरी लेख्नु’ मनले गरेको यत्न फेरी कतै आत्महत्या गर्ने त होईन मन मा डर उब्जियो । मैले र्भुतहरी लाई संझीए । कठै मनलाई पटक्कै पशु हुन मन थिएन । छेवमा भएको एउटा किताब ताँने । ‘परास्त प्रेम’, भर्खरै बजारमा आएको थियो । मेरो शिर्षक लाई मिल्दो जुल्दो शब्द भेटिएलाकी भनी र्सर्सती पल्टाए तर त्यसबाट पनी कुनै बाहाना निस्कीएन । आज त एउटा निबँध नलेखी छोड्दिन । मन र मष्तिष्क ले आमोदप्रमोद गरीरहेका थिए ।
दिमागमा अनेक किसिम का पात्रहरु निसास्सी रहेका थिए । कसैलाई रामो्रसंग समात्न सकीरहेको थिईन । कसैलाई पनी कापीको पन्ना मा उर्तान सकीरहेको थिईन, लयबद्ध र लिपीबद्धको त कुरै भएन । आफै माथी प्रश्न गर्न मन चल्यो । ‘बौलठ्ठी देखाउँदै छस् तँ, किन लेख्नु पर्यो कबिता, निबन्ध सिबन्ध’ ? तर मलाई आफ्नो सोचाई तुहीन दिन मन थिएन । किन लेख्छन् मान्छे ? कसरी लेख्छन् ? मनमा औडाहा हुन थाल्यो । कसैले आएर झापु हाने जस्तो लाग्यो । क्रुर नियती देखाए जस्तो लाग्यो । यो पाठक को आँखामा नछाएको भुमीगत लेखक कतै न कतै बिलाई रहेझै मात्र लाग्यो । म सारहीन तानाबाना बुन्दै थिए तर निबन्ध भने कतै मष्तिष्क भित्रै रुमल्लीदै थियो । कतीपय संग्रह संझीए । देबकोटा संझीए, शंकर लामीछाने संझीए, मणी लोहनी र भर्खर देखीएका नगरकोटीलाई संझीए तर मेरा लागी तालमेल हुने कुनै किसीमको शब्द भेटीन । लाग्दै थियो त्रि–भुबन चौध लोक घुमीसके तर मेरो निबन्ध लाई शिर्षक नै थिएन । म त कतै न कतै अलमल गरीरहेथेँ, निबन्ध लेख्न खोज्दै, क्लाईमेक्स को खोजी गर्दै तर खाली मथिङ्गलको गिदीको वजन बड्दै थियो । पटक्कै कापीमा उतार्न सकेको होईन । एउटा बसिबिँयालो उच्चाट लाग्दो बन्दै थियो । मैले सतही सोच्दै थिए सायद त्यसैले लेख्न सकीरहेको थिईन । अब सोचाईको गहीराई पुग्ने सोच्दै कलम समाए ।
गजब भयो । अब केही लेख्छु भन्ने लागेको थियो । मनमा एउटा तरङ्ग पैदा हुदै थियो । चिच्चाउँदै कोही बाहीर आउँदै झै लाग्यो । भिषण संर्घष गर्दै केही कुरा बाहीर निस्कदै छ जस्तो लाग्यो । झोलीमा झरीरहेको शब्दको लहरीहरुलाई सुख्खा सतहले पानी पिए जस्तो कापीको पन्नाहरुमा समन गराउँदै थिए । अघी भेटीएका पात्रहरु जो गुम्सिएर मन भित्र हराउँदै थिए तिनलाई अहीले भब्य र तामझम सहीत कलमको टुप्पो बाट एउटा सफल कामना बोकेको पन्नाहरुमा ह्वार्र ह्वार्रती बिछ्याउँदै थिँए । एउटा गजबको निबन्धको शरीर कुँदीदै थियो । एउटा निम्छरो बिषय बस्तुमा सभत्ती हुँदै लेखीरहदा एकतमासले मन आल्हादमा नचीरहेको थियो । एउटा भुमीगत लेखकलाई बिषय फुर्नु र त्यसमै सिङ्गगो दुनीयाँ देखाउने चाहाना भए जस्तो म मनले भेटाएका सबै पात्रहरुलाई, बिषय बस्तुलाई समाबिष्ट गर्दै थिए । एउटा सफल नाटको मञ्चन पछी कलाकारले आफुलाई उभारमा लेराए जस्तो, म अघी शब्द नभेटेर बिचलति हुँदाको मनलाई कतै कुना लगाउँदै आफु पनी माथी चड्दै थिए ।
लेखी सिध्याए । एउटा प्रतीभाले नौलो फाँटमा प्रबेश गर्न सानो प्रयासले पर्यात्त थिएन । कठैबरा! एउटा ठुलो काम त बाँकी नै राखेको रहेछु । शिर्षक खै त ? तर यसको भने एक पित्को पनी हेक्का थिएन तब फेरी अन्तर्मनमा औडाह चल्न थाल्यो । मलाई कुनै शिर्षकको तय गर्नु थियो जसले मेरो खिचडी निबन्धलाई ज्यान दिन सकोस् । पाठक को मन चोर्न लाई त्यस्तै कुनै शिर्षक को आवशकता थियो जुन काब्य रसले भरीएको पुर्ण शिर्षक होस् तर मनले कतै त्यसको आँकलन गर्न सकेको थिएन । अब फेरी मथिङ्गल रन्थनियो । एकै बाजी फेरी त्यसलाई दोहोराएर पढेँ तैपनी हात्तीको पुच्छर अड्कीएरै छोड्यो । मेरो निबन्ध बिना मुन्ड झुलीरहेको थियो ।
***
खाना खानु अघी तरकारी के हो भनी सेध्ने मेरो नराम्रो बानी थियो । त्यसैअनुरुप कोठैबाट कराउँदै सोधें ।
–तरकारी के हो ?
–‘क्वाँटिको झोल’ । भान्छा बाट उत्तर आयो ।
***
क्वाँटीको झोल संग केही गाँस निलेपछी बल्ल यो औतारी मनले हेक्का पायो । मेरो निबन्ध यही हो । खिचडिको बैकल्पीक रुप, क्वाँटीको झोल ।
(स्रोत : रचनाकारको ब्लगबाट सभार)