~गोपाल योन्जन~
यति चोखो यति मिठो, दिउँला तिमीलाई माया
बिर्सने छन् साराले पुराना प्रेमका कथा २
मेरा सारा जीबन सबै तिमिलाई
मिठा मिठा क्षणहरु सबै तिमीलाई २
मेरो खुशी मेरो सुख सबै सबै तिमीलाई
यति चोखो….
आँखा भित्र बस्नु तिमि, छातीमा निदाउनु
सपनीमा पनि मलाई सुस्तरी चियाउनु २
संधै संधै तिमि मेरी माया बनि आउनु आउनु
यति चोखो….
शब्द र संगीत: गोपाल योन्जन
स्वर: नारायण गोपाल