~शिरिष लामिछाने~
सत्यको खोजीमा
म आइपुगेँ
एक नयाँ ठाउँमा
ठाउँको नवीनता नियाल्दै
सत्य सम्झिरहेछु
किञ्चित आशावादी हुँदै
अघी बढीरहेछु
आशा बढ्दै छ
र आकांक्षा पनि
तर फेरी त्यही “नोस्टाल्जिया”ले
झ्याप्प अँगालो हाल्छ
अनी विस्तारै मुस्काउँदै
उही पुरानो यादमा
सयर गर्न थाल्छु
नयन खुलै राखी
कल्पनामा रमाउँछु
निद्राले छोप्यो भने पनि
सपनिमै भुल्न थाल्छु
आह! क्या दिन थिए
मात्र रमाइलो, मात्र आनन्द
एकछिन सोच्छु, फर्केला ती दिनहरु?
“सायद”! मेरो अन्तर्मनको जवाफ
“सायद”को उज्यालो पक्षलाई
मात्र हेर्दैछु म
आह! अब ढुक्क भएँ
रमाइला दिनहरु फर्किन्छन्
अवश्य पनि, निश्च्य पनि
प्रतिक्षा काफी छ
धैर्यताका साथ
जुन म गरिरहेछु।
(स्रोत : रचनाकारको ब्लगबाट सभार)