कविता : समय

~अतित मुखिया~Atit Mukhiya

समय जव सृजनशील हातहरुमा
अनि पौरखी पाखुरीमा सल्बलाउछ
बिकाश सगरमाथा भएर अग्लन्छ
ज्ञान ढुङ्गामा पनि तेल भएर पग्लन्छ ।

कर्तव्यबाट पलायन भएर
कहिल्यै बिपरित मोडिन जान्दैन समय
झिनोमसिनो निजांग्रे भएर
कहिल्यै तोडिन र छोडिन जान्दैन समय
यो आफै विवेकशील छ
जुनतारा भन्दा गतिशील छ ।

नपत्याए हेर तिमी समयलाई
प्रतेक फल्गुणमा फागु बनेर
बनभरी गुरांशको हांगाभरी फुलेकै हुन्छ
हर मंसिरलाई पहेंलपुर सुन बनाएर
खेतका गराहरुमा झुलेकै हुन्छ
जताततै जांहा पनि
घडीपला भएर पुगेकै हुन्छ
चिन्नसक्नु पर्छ यसलाई
यो कतै ईतिहास बोकेर हिडेकोहुन्छ
भविश्यलाई
कतै काम र माम बोकेर डुलिरहेको हुन्छ
वर्तमानलाई
समय,
अथाह ढुकुटी हो
जागरुक छन भने
भिखारीलाई पनि सम्पन्नता बांडदै हिडछ
समय,
बलवान छ
पहलमान छ
कल्पनासम्म नगर यसलाई रोकने
यो वायुसरी गतिवान छ ।
समय,
जब सृजनशील हातहरुमा
अनि पौरखी पाखुरीमा सल्वलाउछ
विकाश सगरमाथा भएर अग्लन्छ
ज्ञान ढुङ्गामा पनि तेल भएर पग्लन्छ ।

(स्रोत : ल्लव साहित्य प्रतिष्ठान )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.