गजल : सङग्राम देखिरहेछु

~पुष्प अधिकारी “अन्जली”~Pushpa Adhikari 'Anjali'

देशभित्र यतिधेरै सङग्राम देखिरहेछु ।
बन्द हडताल र चक्काजाम देखिरहेछु ।

के भयो फेरी यो रोगी आकाशमा आज,
अव्यक्त रोइरहेको घाम देखिरहेछु ।

अँध्यारोहरूका बिरूध्द जूनकिरीहरुले क्रान्ति गर्दै गर्दा ,
अस्तित्वका लागि जून ताराको धर्तीमा लाम देखिरहेछु /

किन दौडिन्छन् यूवाहरू हुलका हुल प्रदेशतिर ,
आफ्नै देशभित्र यतिधेरै काम देखिरहेछु ।

के पुगेन र तैँले राहादानी बेचिस “पुष्प”
अख्तियारको कालो सूचिमा तेरो नाम देखिरहेछु

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.