उफ !
दुर्भाग्य नै दुर्भाग्यको यो काँडेदार बाटो
कहिले पार गरेर ?
निराशाको पच्छ्यौरीले छोपेर
पराजित बनाइ
समस्या नै समस्याको कारागारमा
कैदी बनाइ राखेको
मेरो प्यारो ,
मेरो अन्मोल जिन्दगीलाई
खै कहिले म…?
स्वतन्त्र बनाउन सक्छु होला ?
मेरै हातले कोरिएको बाटोमा
मेरै निर्णयले डोर्याउन सक्छु होला ?
प्रेम गर्छु भन्दै घात गर्ने
स्वार्थीहरुले दिएको पीडा अनि चोटबाट
जोगाएर ,
बचाएर ,
खै कहिले म ….?
मेरो जिन्दगीमा आफ्नै हातले
हाँसो अनि खुशीको रंग भर्न सक्छु होला ?
कुश्मा , पर्वत
हाल इजरयल